Live Streaming

राज्यपुर्नसंरचनामा थप छलफल हुदै

दीपक धिताल, काठमाडौं ।
राष्ट्रिय सहमतीय सरकार र संघियता लगायत संविधानका मूख्य विवादित विषय टुंगो लगाउने जिम्मेवारी पाएका चार राजनीतिक शक्तिबीचको बैठक आज पनि बस्दैछ । केहीबेर पछि प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठक राज्यपुनसंरचनाको विवादित बिषय टुङ्गो लगाउनेबारे केन्द्रित हुनेछ । दलहरु ६ प्रदेश बनाउने बारे सहमति नजिक पुगेपनि  सीमाङ्कन र नामाङ्कनमा सहमति हुन सकेको छैन ।

यसअघि हिजो बसेको बैठकले तत्कालै सरकार र संविधानका मुख्य विवादित विषयमा सहमति खोज्ने जिम्मा दलका शीर्ष नेतालाई दिएको हो । असार मसान्तभित्र नयाँ संविधान जारी गर्दै पुनःस्थापना र राष्ट्रिय सरकार निर्माण गर्ने सहमतिपछि दलहरुबीच नयाँ संविधानको अन्तरबस्तुमा छलफल केन्द्रीत छ । सहमति नजिक पुगेको भन्दै दलहरुले थप समय माग गरेपछि संविधानसभा बैठक पुनः आगामी सोमवारसम्मका लागि स्थगित भएको छ । अहिले मुख्यतः राष्ट्रिय सरकार गठनका नाममा कांग्रेस एमालेबीचको दुरी टाढिदै गएको छ भने प्रमुख प्रतिपक्षी एकीकृत माओवादी एमालेसँग नजिकिएको छ । दलहरु छिटो सहमति गरी देशलाई निकास दिने भन्दा पनि आफ्ना पुरानै अडानहरुमा कसरी टिक्ने भन्ने धाउन्नमा केन्द्रित देखिन्छन् ।