एमालेले अन्तरबस्तुमा धारणा तय गर्दै
काठमाडौं, २२ जेठ ।
भूकम्पपछिको पुनर्निर्माण तथा नवनिर्माण, सरकार परिवर्तन र संविधान निर्माणका विषयमा छलफल गर्न नेकपा एमालेको स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको सरकारी निवास पुल्चोकमा बस्ने बैठकमा राष्ट्रिय राजनीति, सरकार गठन लगायत समसामयिक विषयमा छलफल हुने सचिव योगेस भट्टराइले जानकारी दिनुभयो ।
विभिन्न चरणमा दलहरुबीच भएको द्धिपक्षीय र त्रिपक्षिय छलफल पछि आज बस्न लागेको एमाले स्थायी समिति बैठकले सरकार परिवर्तन र संविधानका अन्तरबस्तुका विषयमा एउटा निष्कर्ष तय गर्ने नेताहरुले बताएका छन । भूकम्प प्रभावित क्षेत्रमा पार्टीले सुरु गरेको पुनर्निर्माण अभियानको बारेमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।