Live Streaming

४० लाख कर्मचारीको गोप्य सुचना चोरिएको अमेरिकाको दावी

जेठ २२, एजेन्सी ।
४० लाख भन्दा बढी सरकारी कर्मचारीहरुको गोप्य सूचना ह्याकरहरुले चोरेको आरोप अमेरिकाका सरकारी अधिकारीहरुले दावी गरेका छन् । चीनका ह्याकरहरुले एक पछि अर्काे गर्दै ती सूचना चारेको उनीहरुको दावी छ । त्यसप्रकारका गतिबिधिबारे गत अप्रिलमा थाहा पाएपनि अमेरिकास्थित अफिस अफ पर्सनल म्यानेजमेन्टले चिनियाँ ह्याकरहरुको साईबर हमलाबारे सम्पूर्ण कर्मचारीलाई जानकारी दिने तयारी गरेको छ ।

साईबर हमलाबारे स्थानिय एफबीआईले अनुसन्धन गर्ने बीबीसीले जनाएको छ । एकपछि अर्को गर्दै साईबर आक्रमण भएपछि अमेरिकी सांसदहरुले कम्प्युटर नेटवर्कको सुरक्षामा सुधार ल्याउन सरकारसँग माग गरेका छन् ।