तिलोत्तममा सेमिफाईनल खेल हुँदै
बुटवल, २२ जेठ ।
बुटवलमा जारी १८ औं तिलोत्तमा गोल्डकप फुटवलमा आजबाट सेमिफाईनलका खेलहरु सुरु हुदैछ । पहिलो सेमिफाईनलमा आज आयोजक रुपन्देही ११ र भारतको दार्जिलिङ्ग ११ बीच प्रतिस्पर्धा हुदैछ । रुपन्देही कास्कीलाई र दार्जिलिङ्ग ससस्त्र प्रहरीको एपिएफ क्लबलाई टाईब्रेकरमा पराजित गर्दै सेमिफाईनलमा पुगेका हुन् । खेल अपरान्ह एन्फाको टेक्निलक सेन्टरको मैदानमा हुनेछ ।
यसअघि हिजोको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै झापा ११ सेमिफाईनलमा पुगेको छ । फाईनल प्रवेशका लागि उसले नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।