Live Streaming

सेप्टिक ट्याङ्कमा निसास्सिएर ५ मजदुरको मृत्यु

कपिलबस्तु, २१ जेठ ।
जिल्लाको निग्लिहवास्थित निर्माणाधिन एक सेप्टिक ट्याङ्कमा निसास्सिएर ५ मजदुरको मृत्यु भएको छ । जिल्लाको निग्लिहवा ७ पचेहरामा स्थानिय प्रकाश केबटको निर्माणाधिन घरको सेङ्खटी ट्यांकीको स्टरिङग निकाल्ने क्रममा भित्र छिरेका ५ जना मजदुरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भदै थारु, रमेश पासी, तौलेश्वर थारु, तिलक थारु र शिवनारायण्ँ यादव रहेका छन् । उनीहरु सेफ्टि ट्याङकी भित्रै फसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई सेप्टिक ट्याङ्क भत्काएर उद्धार गरी तौलिहवा अस्पताल पुरयाएको थिए । तर अस्पतालमा उनीहरुलाई मृत घोषित गरिएको थियो ।