Live Streaming

एमाले र एकीकृत माओवादीबीच गोप्य वार्ता

काठमाडौं, २१ जेठ ।
एमाले र एकीकृत माओवादीका शीर्ष नेताबीच सरकार परिवर्तन र संविधानका अन्तरबस्तुका विषयमा छलफल भैईरहेको छ । सिंहदरबारमा जारी बार्तामा दुइ पार्टीका शीर्ष केही नेताको मात्र उपस्थिति रहेको सिंहदरवार स्रोतले जनाएको छ । एमाओवादीसँगको छलफल सकारात्मक भएमात्र काँग्रेससँग निर्णायक वार्ता गर्ने एमालेको तयारी छ । चार दलका शीर्ष नेताहरुको बैठक बस्नु अघि भएको यो भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । उनीहरुबीच सरकार निर्माण अघि नयाँ संविधानका विषयमा कसरी साझा धारणा बनाउने भन्ने विषयमा छलफल जारी रहेको स्रोतले बतायो ।

प्रधानमन्त्री सुशील कोईरालाले आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्नु पर्ने अडान नछाड्ने संकेत पाएपछि एमाले र एमाओवादीले शीर्ष तहमा कँग्रेस प्रतिपक्षमा बस्न सक्ने अवस्था आए कसरी अघि बढ्ने भन्नेबारेमा समेत बैठकमा छलफल भईरहेको बुझिएको छ । नयाँ सरकार निर्माणको कसरत सुरु भएपछि एमाले र एमाओवादीका शीर्ष तहका नेताहरुले भेटवार्तालाई तीव्र पारेका छन ।


यसैबीच दलहरु आन्तरीक र द्धिपक्षिय छलफलमा केन्द्रित भएपछि चार शक्तिको संयुक्त बैठक भने अपरान्ह चार बजेसम्मका लागि सरेको छ । विहान नौ बजे बस्ने भनिएपनि कँग्रेस आफ्नो पदाधिकारी बैठकमा केन्द्रित भएको तथा एमाओवादी र एमाले द्धिपक्षिय छलफलमा जुटेकाले बैठकको समय सारिएको नेताहरुले बताएका छन ।