एमालेको निर्णयबारे कँग्रेसमा छलफल
काठमाडौं, २१ जेठ ।
संविधानका अन्तरबस्तुमा पार्टीको धारणा तय गर्न नेपाली कँग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । एमालेसँगको हिजो भएको छलफलमासंविधानसभाको आजबस्ने बैठकमा साझा अवधारणा प्रस्तुत गर्ने निश्कर्ष निकालेपछि कँग्रेसले थप छलफल गरेको हो । एमाले, एकीकृत माओवादी, मधेशी मोर्चा सहित कँग्रेसको बैठक पनि आजै मध्यान्न बस्दैछ ।
एमालेले संबिधान निमार्ण र राष्ट्रिय सहमतिको सरकार गठनबारेको छलफल संगसंगै अगाडी बढाउने निर्णय गर्दै राज्यपुर्नसंरचना हुदा ५ प्रदेश बनाउनु पर्ने निष्कर्ष निकालेको छ । एमालेको निर्णय लगत्तै ७ प्रदेश सहितको ९ बुँदे अवधारणा धरापमा परेको कँग्रेसको बुझाई छ । उपसभापति रामचन्द्र पौडेलले बैठक संविधानका विवादित अन्तरबस्तु र राष्ट्रिय सरकार गठनमा केन्द्रित रहेको जानकारी दिनुभयो ।