Live Streaming

तीस दलीय विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं, २१ जेठ ।
एकिकृत माओवादी नेतृत्वको तीस दलीय विपक्षी गठबन्धनको हिजो स्थगित बैठक आज बस्दैछ । अपरान्ह एक बजेपछि एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा संविधानका विवादित विषयहरु, राष्ट्रिय सरकार, भूकम्पपछिको पुनर्निर्माण र आजबस्ने सविधानसभा बैठकमा उपस्थित हुने या नहुने भन्ने बारे छलफल हुने तलोपा उपाध्यक्ष हृदयस त्रिपाठीले जानकारी दिनभयो ।

केही दिनयता जारी मोर्चाको बैठकमा बोल्ने अधिकांश दलका नेताहरुले संविधान निर्माण पछि मात्र सरकारमा सहभागी हुने विषयमा सोच्न र संविधानका विषयमा आफ्ना पूर्व अडानहरु नछाड्न संयोजक पुष्पकमल दाहाललाई आग्रह गर्दै आएका छन ।