पानी परयो , शितल भयो
काठमाडौं, २१ जेठ ।
काठमाडौँ लगायत देशका विभिन्न स्थानमा केही दिनदेखि गर्मी बढेको भएपनि आज भने पानी परेको छ । भारतको मध्य प्रदेशमा उत्पन्न जलवाष्पयुक्त हावा र पश्चिम वायुको प्रभावका कारण मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् शान्ति कँडेलका अनुसार आज मध्य र पश्चिमको पहाडी क्षेत्र र पूर्वमा क्षणिक वर्षा भएको छ । आकाशमा देखिएको बादल विस्तारै पूर्व सरेपछि दिउँसोबाट मौसम सफा हुने उहाँले बताउनुभयो । मौसम बदली भएसँगै अघिल्ला दिनको तुलनामा आज केही शितल भएको छ । तर तापक्रम भने नघट्ने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् कँडेलले अहिलेको अवस्था हेर्दा मनसुन भित्रन अझै केहि दिन लाग्ने अनुमान गरिएको बताउनुभयो ।