लेखिका नसरीनलाई मार्ने धम्की
जेठ २१, एजेन्सी ।
अलकायदाबाट मार्ने धम्की आएको भन्दै बंगलादेशी लेखिका तथा मानव अधिकारीकर्मी तसलिमा नसरीन अमेरिका पुगेकी छिन । उनी अलकायदाबाट धम्की आएको र भारतमा समेत असुरक्षित हुने भन्दै अघिल्लो साता अमेरिका पुगेको बताईएको छ ।
धर्मनिरपेक्षताको वकालत गर्दै आएका ३ जना ब्लगरहरुको बंगलादेशमा श्रृंखलाबद्ध हत्या गरेको समूहले नै नसरिनलाई पनि मार्ने धम्की दिएको अनुमान गरिएको छ । नसरीनले सामाजिक सञ्जाल ट्वीटरमा इस्लामवादी उग्रवादीबाट धम्की आएको भन्दै आफू भारतमा असुरक्षित रहेको र सुरक्षित स्थानका लागि अमेरिका पुगेको बताएकी छिन् ।