पुलिस क्लव र झापा ११ बीच प्रतिस्पर्धा हुदै
बुटवल, २१ जेठ ।
बुटबलमा जारी १८ औ तिलोत्तमा गोल्डकप अन्र्तगत आज नेपाल पुलिस क्लव र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ । खेल स्थानिय एन्फा टेक्निकल सेन्टरको मैदानमा अपरान्ह ३ बजे सुरु हुनेछ । राष्ट्रिय लिग लगायत पछिल्ला प्रतियोगिताहरुमा प्रभाबशाली खेल पस्कदै आएको झापा ११ र नेपाल प्रहरीबीच आज हुने खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
यसअघि हिजो भएको खेलमा नेपालको सशस्त्र प्रहरी बलको एपिएफ क्लवलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै दार्जिलिङ ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दार्जेलिङ ११ ले अब फाईनल प्रबेशका लागि आगामि २२ गते आयोजक रुपन्देही ११ सँग प्रतिस्पर्धा गर्नेछ ।