Live Streaming

आर्थिक चलखेल गरेको फिफाका पूर्व पदाधिकारीद्वारा स्बिकार

जेठ २१, एजेन्सी ।  
बिश्ब फुटबलको सर्बोच्च निकाय फिफाका पुर्ब अधिकारीहरुले सन २०१० को बिश्वकप फुटबल आयोजक राष्ट्र चुन्नका लागि ठुलो आर्थिक चलखेल गरेको स्बिकार गरेका छन् । फिफाका पुर्ब बरिष्ठ अधिकारी चक ब्लेजरले दक्षिण अफ्रिकालाई आयोजक बनाउन फिफाका अधिकारीहरु बिच ठुलो आर्थिक चलखेल भएको स्बिकार गरेका हुन् । उनले सो सहित अन्य १० बटा आरोप पनि स्बिकार गरेका छन् ।

अमेरिकी अनुसन्धान आयोग एफबिआई समक्ष उनले सो स्बिकार गरेका हुन् । आयोगले फिफामा पछिल्लो २४ बर्षमा १५ करोड भन्दा बढि अमेरिकी डलरको भ्रष्ट्रचार भएको आरोप लगाएको छ । ब्लेजरले सन् २०१० को आयोजना दक्षिण अफ्रिकालाई दिन फिफा अधिकारीहरुले रमक स्बिकार गरेका थिए । फिफा अधिकारीहरु माथि कतारलाई  सन् २०२२ को बिश्बकप आयोजक बनाउदा पनि ब्यापक आर्थिक चलखेल भएको आरोप लागेको छ ।