Live Streaming

​गर्मीका कारण सुनसरीमा एकजना मृत्यु


रत्नप्रसाद आचार्य,इटहरी । प्रचण्ड गर्मीका कारण सुनसरीको रामधुनीभासी नगरपालीका ५ स्थित झुम्का बजारमा एक रिक्सा चालकको मृत्यु भएको छ । जिल्लाको इटहरी झुम्का लगायतका ठेलावाला रिक्सा चलाएर जिविको पार्जन गर्दै आएका इटहरी १९ का ५५ बर्षिय सजन चौधरीको आज दिउँ सो मृत्यु भएको हो ।

“आज त असाध्य गर्मी भयो । यस्तो गर्मीमा कसरी ठेला चलाएर गरी खानु” भन्दै झुम्का बजारको नहर डिलमा रहेको पिपलको फेदमा आराम गर्न बसेका चौधरीको गर्मीले बेहोस भएर मृत्यु भएको स्थानिय तेजप्रसाद पौडेलले बताउनुभयो ।

गर्मीका कारण बेहोस भएर मृत्यु चौधरीको सव मुचुल्का गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिनुभएको छ । केहि दिनदेखि बढेको गर्मीका कारण सुनसरीको इनरुवा, इटहरी, दुहवी, महेन्द्रनगर, लौकही, भान्टाबारी धरान लगायतको जनजिवन प्रभावित बनेको छ ।