Live Streaming

एम्बुलेन्स र चिकित्सकलाई छेऊमा राखी कक्षा १२ को परिक्षा सुरु

प्रकाश पाठक, काठमाडौं ।

गत बैसाख १२ गतेको बिनाशकारी भुकम्प पछि स्थगित कक्षा १२ को परिक्षा आजबाट सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अग्रेजीको परिक्षा सकिएको छ । भुकम्पले अति प्रभाबित ७ जिल्ला बाहेक अन्य जिल्लामा बिहान ७ देखि १० बजे सम्म परिक्षा सञ्चालन भएको थियो ।

उच्च माध्यमिक शिक्षा परिषदका अनुसार भुकम्पले अति प्रभाबित गोरखा, नुबाकोट, धादिङ काभ्रे, रामेछाप, दोलखा र सिन्धुपाल्चोक बाहेकका जिल्लाहरुमा परिक्षा सुरु भएको हो । परिक्षाको समयमा उपत्यकाका हरेक परिक्षा केन्द्रमा मोबाइल चिकित्सक सहितको तीनवटा एम्बुलेन्सको ब्यवस्था गरिएको थियो भने सुरक्षाकर्मीहरुको उपस्थिति समेत उल्लेख्य थियो ।

स्थगित कक्षा ११ को परिक्षा भने आगामि असार १ गतेबाट सञ्चालन हुने परिषदले जनाएको छ । ११ र १२ को परिक्षामा यो बर्ष देशभर ६ लाख ७२ हजार ७ सय ४४ परिक्षार्थी सहभागि हुदैछन् ।