३१ घर तथा शौचालय निर्माण सुरु
देवचन्द्र भट्ट, नुवाकोट ।
बैशाख १२ गतेको महाभुकम्प पीडितहरुलाई नुवाकोटको पुर्वी भेगमा रहेको राउतवेशी वडा नं ३ गतारमा ३१ वटा अस्थायी घर तथा शौचालय बनाउने कार्य शुरु भएको छ । हङकङस्थित ह््यान्जीनाम र म्याजिक बक्स क्रियटिभ भेन्चर कम्पनी प्रालिको सहयोगमा राउतवेशी गाविसको नागरिक सचेनता केन्द्रका सदस्यहरु तथा अति विपन्न परिवारहरुको लागी शहरी विकास मन्त्रालयले तयार पारेको दुई नाले घरको डिजाईन अनुरुप घर तयार गरिन लागेको हो ।
उक्त घरहरु निर्माणको लागि बजारबाट खरिद गर्नु पर्ने जस्ता, किलाकाँटा, तार तथा शौचालयको लागि आवश्यक सामग्री संस्थाको तर्फबाट उपलब्ध गराई उनीहरुको लागि प्राबिधिक सहयता समेत उपलब्ध गराइएको छ । यस क्रममा पहिलो दिन मंगलवार राउतबेशी ३ स्थित एकल महिला मखमलि बिकको घर राउतबेशी गाबिसमा परिचालित नेपाली सेना र रुडेक नेपाललको स्वयंसेबक टोलीले वनाएको छ ।
पहिलो चरणमा ३१ वटा घरको निर्माण पछि वडाका सबै ४५ वटै घर निर्माण गरिने संस्थाले जनाएको छ । जसको लागी पहिलो चरणमा रहेका घर परिवारहरुको लागी २ बण्डल रंगिन जस्ता तथा शौचालयको लागी चाहिने सामग्रीहरुको वितरण भइसकेको तथा घर तथा शौचालय निर्माणको कार्य अघि बढिसकेको स्थानीय समन्वयन संस्थाका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । सो कार्यको लागी संस्थाका स्वयंसेवकहरु कार्य क्षेत्रमा खटि कार्य गरिरहेका छन् ।