Live Streaming

दलहरु आन्तरिक छलफलमा

दीपक धिताल, काठमाडौं ।  
प्रमुख तीन दल र मधेसी मोर्चाबीच फाष्ट ट्रयाकबाट संविधान जारी गर्ने सहमति भएपछि मुख्य दलहरु आन्तरीक छलफलमा जुट्ने भएका छन । संविधान र सरकार गठनका विषयमा सहमति जुटाउने गरी आज दिनभर आन्तरीक छलफल पछि भोली संयुक्त बैठक बस्ने तयारी दलहरुले गरेका छन् । असार मसान्त सम्म नयाँ संबिधान जारी गर्ने प्रस्तावपछि दलहरुबीच राज्य पुर्नसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली लगायतका मुख्य विवादित विषयमा पार्टिको आधिकारीक धारणा तय गर्न आज कँग्रेसको पदाधिकारी, एमाले स्थायी समिति र एमाओवादीको काठमाडौं उपलब्ध केन्द्रिय नेताहरुको बैठक बस्दैछ । प्रमुख राजनीतिक दलहरूबीच ६ देखि ८ प्रदेश निर्माण गर्ने गरी नयाँ संविधानका विवादित विषय टुंग्याउने प्रस्ताव गरेका छन् ।

यसैबिच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी कँग्रेस पदाधिकारी बैठकमा अरु दलबाट आएको प्रस्तावमा आधारीत भएर छलफल भैरहेको सहमहामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो । संविधान जारी भएलगत्तै गठन हुने नयाँ सरकारका विषमया पनि जारी बैठकमा छलफल हुने उहाँको भनाई छ ।

यसैगरी अपरान्ह ४ बजेपछि बस्ने एमाले स्थायि समिति बैठकले पनि संविधानका अन्तरबस्तु र राष्ट्रिय सरकारका विषयमा पार्टीको आधिकारीक लाइन तय गर्नेछ । राज्यको पुर्नसंरचना गर्दा ५ ओटा प्रदेश निर्माण गर्नै आन्तरीक प्रस्ताव गरेको एमालेले आज आफ्नो धारणा तय गर्ने अध्यक्ष केपी शर्मा ओली निकट श्रोतले जानकारी दिएको छ ।

एमाओवादीले पनि आज काठमाडौंमा उपलब्ध केन्द्रिय नेताबीच विवादीत अन्तरबस्तुमाथी छलफल गर्दैछ । अध्यक्ष दाहालले राष्ट्रिय एकताको लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताएपनि पार्टीका अन्य नेताहरुको फरक मत रहेको छ । आजको बैठकले संविधान निर्माण र राष्ट्रिय सरकारबारे केन्द्रित हुने प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।

संविधान सभा बैठक अघि भोली विहान बिहान ९ बजे बस्ने शीर्ष बैठकमा आज दलहरुले गरेका आन्तरीक समहतिका विषय प्रबेश गराएपछि प्याकेजमा सरकार गठनका विषयमा कुरा हुनेछ ।  यसअघि कांग्रेस र एमालेले सात प्रदेशको नौबुँदे साझा अवधारणा संविधानसभामा पेस गरेका थिए । एकीकृत नेकपा माओवादीसहितका विपक्षी मोर्चाले भने एकल जातीय पहिचानयुक्त १० प्रदेशको अवधारणा अघि सारेका थिए ।