मोर्चाले थप छलफल गर्दै
काठमाडौं, २० जेठ ।
एकिकृत माओवादी नेतृत्वको तीस दलीय विपक्षी गठबन्धनको बैठक आज पनि बस्दैछ । अपरान्ह एक बजेपछि एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा संविधानका विवादित विषयहरु, राष्ट्रिय सरकार र भूकम्पपछिको पुनर्निर्माणका विषयमा बोल्न बाँकी नेताहरुले आ–आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
तीन दिनयता जारी मोर्चाको बैठकमा बोल्ने अधिकांश दलका नेताहरुले संविधान निर्माण पीछ मात्र सरकारमा सहभागी हुने विषयमा सोच्न र संविधानका विषयमा आफ्ना पूर्व अडानहरु नछाड्न संयोजक पुष्पकमल दाहाललाई आग्रह गर्दै आएका छन ।