Live Streaming

बिशेष समितिको बैठक बस्दै

काठमाडौं, २० जेठ ।
संसदको राष्ट्रिय विपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको बैठक आज बस्दैछ । सिंहदरवारमा अपरान्ह ३ बजेपछि बस्ने बैठकमा भुकम्पपछिको राहत, पुर्ननिर्माण तथा पुनस्थापनाको पछिल्लो अवस्थाबारे छलफल हुनेछ । अघिल्लो बैठकमा उपस्थित भएका प्रधानमन्त्री सुशील कोईरालाको प्रतिबद्धताअनुसार, कामकारवाही भए नभएको, राहत रकम सम्बन्धित क्षेत्रमा पुगेनपुगेको, पुर्ननिर्माणका काम प्रभावकारी भएनभएको, सरकारी खर्च समानुपातिक रुपमा वितरण भएनभएको बारे समितिले बारम्बार अनुगमन गर्दै आएको छ । आजको बैठकमा समिति मातहतको उपसमितिले पछिल्लो प्रतिवेदन प्रस्तुत गर्ने, आंशिक रुपमा प्राप्त भएको सरकारी खर्च विवरणमाथि थप अध्ययन हुने कार्यसूचि रहेको छ ।

यस्तै बैठकमा भुकम्पप्रभावित थप ५ जिल्लाको अवस्थाबारे उपसमितिहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् । सोलुखुम्बु, तनँहु, लमजुङ्ग, पर्वत र स्याङ्जामा भुकम्पपछिको अवस्थाबारे अध्ययन गर्न गत बिहीवार थप टोली परिचालन भएको थियो । 

बैठकले उपसमितिहरुको प्रतिवेदनमाथि थप छलफल गर्दै सरकारलाई आवश्यक निर्देशन दिने संसद सचिवालयका सहप्रवक्ता सुर्दशन कुईकेलले जानकारी दिनुभयो ।