Live Streaming

हुम्लामा भुकम्प, परामकम्पमा भने कमी

काठमाडौं, २० जेठ ।
हुम्ला जिल्लालाई केन्द्रबिन्दु बनाएर गएराति ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार अनुसार गएराति ८ बजेर ३३ मिनेट जाँदा गएको सो भूकम्प पराकम्प नभएर नयाँ भूकम्प गएको हो । भूकम्पको झड्का पछि स्थानियहरु अत्तालिएर बाहिर निस्केका थिए भने केही भौतिक संरचना चर्किएका छन ।

यता सिन्धुपाल्चोक जिल्लालाई केन्द्रविन्दु बनाएर गएराति २ बजेर ४५ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको पराकम्प गएको छ । अन्य दिनको तुलनामा भूकम्पको पराकम्प भने विस्तारै कम हुँदै गएको छ । यसअघि सोमबार विहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ पराकम्प गएको तीस घण्टा पछि हिजो विहान १० बजेर ४८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको पराकम्पन गएको थियो ।