अन्तराष्ट्रिय समुदायले सहयोग नगरेको ईराकको आरोप
जेठ २०, एजेन्सी ।
ईराकी प्रधानमन्त्री हैदर अल अबादिले आईइएस बिरुद्ध लड्नका लागि ईराकलाई बिश्बले पर्याप्त सहयोग नगरेको आरोप लगाउनुभएको छ । फ्रान्सको पेरिशमा भएको २० राष्ट्रका बिदेशमन्त्रीहरुको भेलालाई संबोधन गर्दै प्रधानमन्त्री अबादिले रुस र ईरानले हतियार खरिद प्रक्रियामा रोक लगाए पनि आईएस बिद्रोहिले भने आबश्यक मात्रामा हतियार राखेको दाबि गर्नुभयो ।
सम्मेलनमा २० राष्ट्रका बिदेशमन्त्रीहरुलाई आमन्त्रण गरिएपनि ईरान रुस र सिरिया भने अनुपस्थित भएका थिए । सरकारले आफ्नो नियन्त्रणमा लिएका शहरहरु पनि पुन ः आईएसको नियन्त्रणमा जानु ईराकलाई मात्र नभई बिश्बमा नै ठुलो चुनौती थपिएको उहाको भनाई थियो । यस्तो अबस्थामा आईएस बिरुद्ध एक भएर सामना गर्नुको बिकल्प नभएको अबादिको जोड थियो ।