जहाजका यात्रुको खोजीमा समस्या
जेठ २०, एजेन्सी ।
चीनको पूर्वी क्षेत्रमा डुङ्गा डुब्दा हराईरहेका झण्डै साढे चार सय यात्रुको खोजी मौसम प्रतिकुलताका कारण अबरुद्ध भएको छ । डुङ्गामा चार सय ५७ यात्रु रहेपनि हालसम्म १४ जनाको शकुसल उद्धार गरिएको छ भने ७ जनाको शव निकालिएको बीबीसीले जानएको छ । अन्यको उद्धारमा समस्या देखिएको चीनका यतायत मन्त्रीले जनाएका छन् । याङजी नदिमा आएको आँधी र लगातारको बर्षाका कारण उद्धारमा समस्या देखिएको अधिकारीहरुले बताएका छन् ।
यसैबिच दुर्घटनामा परेको लामो समय सम्म पनि उद्धारमा सक्रियता नदेखाएको भन्दै डुङगामा सबार यात्रुका आफन्तले सरकार बिरुद्ध प्रर्दशन सुरु गरेका छन् । दुर्घटनाको सुचना समेत सरकारले गलत ढङगले दिएको उनीहरुको आरोप छ ।