तिलोत्तमामा ससस्त्र र दार्जिलिङ्ग भिड्ने
बुटवल, २० जेठ ।
१८ औ तिलोत्तमा गोल्डकप प्रतियोगिता अन्र्तगत आज भारतको दार्जिलिङ ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लववीच प्रतिस्पर्धा हुदैछ । बुटबल स्थित एन्फा टेक्निकल सेन्टरमा अपरान्ह ३ बजे पछि सो खेल सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा धरान फुटबल क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल आर्मिले प्रतियोगितामा बिजयी सुरुबात गरेको छ । आर्मिको जितमा नबयुग श्रेष्ठले २ तथा जितेन्द्र कार्की र टंक बस्नेतले एक एक गोल गरेका थिए ।