Live Streaming

सेप ब्लाटरले पद छाडे

जेठ २०, एजेन्सी ।
पाँचौं कार्यकालका लागि चार दिन अघि फिफा अध्यक्षमा चुनिएका सेप ब्लाटरले पद त्याग गरेको घोषणा गरेका छन । १७ वर्षदेखि भ्रस्टाचार प्रकरणमा विवादित बनेका ७९ वर्षे ब्लाटरको राजिनामापछि फिफा कंग्रेसले छिटै नयाँ अध्यक्ष छनौट गर्नेछ ।

अध्यक्षमा निर्वाचित हुनुअघि फिफाका सात शीर्ष अधिकारीहरु भ्रस्टाचार अभियोगमा स्विजरल्याण्डमा पक्राउ परेका थिए । ब्लाटरले नयाँ अध्यक्ष चयन गर्न छिटै एक्स्ट्रा अर्डिनरी कंग्रेस बोलाउने बताएका छन् । ब्लाटर सन् १९९८ देखि अध्यक्ष रहँदै आएका छन । फूटबलको सर्वोच्च संस्था फिफाको मुख्यालय जुरिचमा आयोजित प्रेस कन्फरेन्समा ब्लाटरले पद त्यागको घोषणा गरेका हुन ।