Live Streaming

छोरी बलात्कार गर्नेलाई २० बर्ष कैद

छेटु शेर्पा, सङ्खुवासभा ।
जिल्ला अदालत संखुवासभाले छोरीलाई बलात्कार गर्ने एक बाबुलाई २० बर्षको कैद सजाय सुनाएको छ । गत फागुन २९ गते १६ बर्षिया छोरीलाई बलात्कार गर्ने ४१ बर्षिय बाबुलाई सो सजाय सुनाएको हो । न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जर्वजस्तीकरणी गरेवापत १० बर्ष र हाडनाताकरणी बापत १० बर्ष कैद सजाय सुनाएको हो ।

अदालतले पीडितलाई क्षतिपुर्तीबापत ३० हजार रकम पीडकबाट उपलब्ध गराएको छ । बलात्कार पछि पीडितले इलाका प्रहरी कार्यालय चैनपुरमा फागुन २९ गते उजुरी दिएकी थिइन । प्रहरीले आरोपितलाई फागुन २९ गते गिरफ्तार गरी फागुन ३० गते जर्वजस्ती करणी महलमा मुद्धा दर्ता गरे पछि सङ्खुवासभा जिल्ला अदालतले आरोपितलाई चैत्र २३ गते पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । पीडितको स्वास्थ्य परिक्षण खाँदबारी अस्पतालमा फागुन ३० गते गरिएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य छ ।