Live Streaming

कालोवजारी गर्ने तीन जनालाई कारवाही

देवचन्द्र भट्ट, त्रिशूली ।

महाभुकम्पले पीडित भइरहेका नुवाकोटका सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तु तथा हार्डवेयर पसलहरुले मापदण्ड विपरित सामग्रीमा वढि रहम लिएको गुनासो आएपछि वाणिज्य विभागले विभिन्न वजारमा अनुगमन गरेको छ । अनुगमनका क्रममा तीन वटा हार्डवेयर पसलले बिक्रि गरेको सामग्रीमा वढि रकम लिएको पाइएपछि कारवाही गरेको छ । वाणिज्य विभागका अनुगमन अधिकृत रत्नेश शशिको नेतृत्वमा जिल्ला प्रशासन, साल्ट ट्रेडिङ, राष्ट्रिय उपभोक्ता मञ्चलगायको टोलीले वट्टारदेखि रसुवाको सिमाना वेत्रावतिसम्म रहेका विभिन्न वजारमा खाद्यान्न तथा हार्डवेयर पसलमा छापा मारेर अनुगमन गरेको हो ।

सो क्षेत्रमा रहेका १३ वटा पसलमा अनुगमन गरिएको र तीन वटा हार्डवेयर पसललाई कारवाही गरिएको अनुगमनमा खटिएका नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र घिमिरेले जानकारी दिनुभयो । सो क्रममा वट्टारमा रहेको नुवाकोट प्लाष्टिक ट्रेडर्स, विदुरको खतिवडा हार्डवेयर र गेर्खु गाविस वडा नंं ९ मा रहेको हार्डवेयरलाई खरिद र विक्रि मुल्यमा अत्यधिक फरक पाइएपछि कारवाही गरिएको घिमिरेले वताउभुयो । अन्य ११ वटा पसललाई भने सुझावसहित सुधार गर्ने निर्देशन दिइएको उनले वताए ।

हार्डवेयर सञ्चालकहरुले ५ हजार ६ सय ९८ रुपैया मुल्यको जस्तापाता ६ हजार रुपैयामा महाभुकम्प पीडितहरुको अस्थायी टहरो निर्माणका लागी विक्रि गरेको पाइएपछि कारवाही गरिएको वाणिज्य विभागका अनुगमन अधिकृत रत्नेश शशिले वताउनुभयो । उहाँले खरिद र विक्रि मुल्यमा उतारचढाव गरि विक्रि गर्नेलाई ऐन अनुसार कारवाही गरिने जानकारी दिनुभयो ।