अन्नपूर्ण राहत अभियानअन्तर्गत भुकम्प पीडित विद्यार्थीलाई स्कुलब्याग सहयोग
रत्नप्रसाद आचार्य, इटहरी । अन्नपूर्ण मिडिया गु्रपले भुकम्प पिडित विद्यार्थीहरुको शिक्षामा सहयोग पुर्याउने उदेश्यले सुरु गरेको एक विद्यार्थीलाई शैक्षिक सामाग्री अभियान अन्र्तगत सुनसरी र मोरङका युवाव्यवसायीहरुले सहयोग गरेका छन् । यो अभियानलाई बेलवारी, इटहरी र धरानबाट पिडित विद्यार्थीहरुका लागि थप शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
मंगलवार इटहरीको गुडमर्निङ ट्रेडर्समा एक कार्यक्रमको आयोजना गरि युवा व्यवसायीहरुले भुकम्प पिडित वालवालीकाका लागि स्कुल ब्याग र कापीकलम लगायतका शैक्षिक सामाग्री अन्नपूर्ण पोष्ट र रेडियो अन्नपूर्ण नेपालको अभियानअन्र्तगत हस्तान्तरण गरियो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा मोरङको बेलवारी नगरपालिकास्थित रिजन कलेक्शनका संचालक रुपेश श्रेष्ठ, इटहरीको प्रियकां रेडिमेटका संचालक विनोद खड्का र लाभ फुटयरका संचालक सचिन प्रधानले स्कुल ब्याग र कापीकलम अन्नपूर्णका सुनसरी समाचारदाता रत्नप्रसाद आचार्यलाई हस्तान्तरण गरेका छन् । जसमध्य श्रेष्ठले ८हजार रुपैयाँ बराबरको २५ थान स्कुल ब्याग, खड्काले १० हजार रुपैँया बराबरको ३४ थान स्कुल ब्याग र प्रधानले २ हजार रुपैया बराबरको एक सय ४० पेजको ४८ थानकापी र ७२ थान पेन्सिल हस्तान्तरण गरेका छन् ।
त्यस्तै धरानका निलु थापामगर, पर्वत कर्माचार्य र पुरुषोत्तम अग्रवालले सयुक्त रुपमा ३ हजार रुपैयाको एक सय पेजको ८० थानकापी, एक सय ६० थान पेन्सिल, ८०÷८० थान इलेजर र पेन्सिलकटर हस्तान्तरण गरेका छन् । शैक्षिक सामाग्री हस्तान्तरण गरेपछी रिजन कलेक्शनका संचालक रुपेश श्रेष्ठले अन्नपूर्णपोष्ट र रेडियो अन्नपूर्ण नेपालले भुकम्प पिडित विद्यार्थिहरुको सहयोगकालागि थालेको एक विद्यार्थी एक शैक्षिक सामाग्री अभियानकार्यक्रम स्वागत योग्यभएको भन्दै पिडित बालवालीकाको शिक्षाकालागि सहयोग पुर्याउने उदेश्यले शैक्षिक सामाग्री हस्तान्तरण गरेको बताए । उनले यो अभियानलाई सहयोग गरी पिडित वालवालीकालाई सहयोग गर्न सबैमाआग्रह समेत गरेका छन् ।