भत्किएका घर पन्छाउने क्रममा एमाओवादी नेतृ यमीसहित ४ जना घाइते
काठमाडौं, १८ जेठ । काठमाडौं निर्वाचन क्षेत्र नं. ८ मा भूकम्पबाट क्षति पुगेका घरहरु पन्छाउने तथा भत्एिका संरचनाले रोकिएको बाटो खुलाउने क्रममा आज विहान एमाओवादी नेतृ हिसिला यमी सहित ४ जना घाइते भएका छन् ।
यमी सहितको टोलीले क्षेत्र नं. ८ मा पर्ने काठमाडौं महानगरपालिका वडा नं. १५ डल्लुमा बाटोछेउको सानु शाक्यको भूकम्पले क्षति पु¥याएको घर भत्काउ“दै गर्दा यमी सहित निर्मल विक, ताराबहादुर रानाभाट र जीतबहादुर तामाङ घाइते भएका हुन् । स्वयंसेवा अभियान अन्तरगत आज काठमाडौं निर्वाचन क्षेत्र नं. ७ र ८ को स्वयंसेवक टोलीले सहरका भित्री भागका १० वटा घरहरु पन्छाउने र बाटो खुलाउने काम गरेको छ ।
एमाओवादीले स्वयंसेवा अभियानअन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं. ७ र ८ को इन्चार्जमा हिसिला यमीलाई जिम्मेवारी दिएको छ । एमाओवादीले भूकम्पबाट प्रभावित जिल्लाहरुमा क्षति पुगेको भौतिक संरचना पन्छाउने तथा अस्थायी बसोबासका लागि टहरा तथा अस्थायी घरहरुको निर्माणका निम्ति स्वयंसेवा अभियान सञ्चालन गरिरहेको छ ।