अस्थायी घरटहरा प्रभावितहरुलाई हस्तान्तरण गरिदैं
भक्तपुर, १८ जेठ ।
उद्योगमन्त्री तथा एमालेका युवा नेता महेश बस्नेतको पहलमा निर्माण गरिएका ३ सय ५० ओटा अस्थायी घरटहरा आज भुकम्प प्रभावितहरुलाई हस्तान्तरण गरिदैछ । भक्तपुर नगरपालिकाको च्यामासिंहमा ११ बजे एमाले अध्यक्ष केपी ओलीले भुकम्पले घरविहिन भएकाहरुलाई सो टहरा हस्तान्तरण गर्ने कार्यक्रम रहेको एमाले भक्तपुरले जनाएको छ । मानविय आस्था नेपाल नामक संस्था स्थापना गरि मन्त्री बस्नेतले भक्तपुरमा १ हजार वटा घर निर्माण गर्ने योजना अघि सार्नुभएको छ ।
यसअघि अनन्तलिङ्गेश्वर नगरपालिका लगायत क्षेत्रमा करिब २ सय टहरा निर्माण गरेर प्रभावितहरुलाई हस्तान्तरण गरिएको छ । युवा संघ देशलाई अप्ठेरो पर्दा जहिले पनी अगाडी सर्ने गरेको बताउँदै नेता बस्नेतले बर्खायाम अघि नै प्रभावितहरुलाई सुरक्षित टहरामा स्थानान्तरण गरिसक्ने उहाँको भनाइ छ । मन्त्री बस्नेतको एक्लो पहलमा तीन लाख रुपैंया लगानी गरेर सुरु भएको टहरा निर्माण अभियानमा साथ दिन अहिले थुप्रै सहयोगी हातहरु थपिएका छन् ।