चार शीर्ष नेताबीच छलफल जारी
काठमाडौं, १८ जेठ ।
संविधान निर्माणको मुख्य विवादित विषय राज्य पुर्नसंरचना सम्बन्धमा छलफल गर्न प्रमुख चार राजनीतिक शक्तिबीचको बैठक जारी छ । संविधान निर्माणलाई उच्च प्राथमिकता दिएर विवादित विषय छलफलबाटै टुग्याउने कसरत स्वरुप दलहरुबीच गंभिर छलफल सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेपाली कँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोईराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मेधशी मोर्चाका संयोजक विजयकुमार गच्छदारको मात्र उपस्थिति हुनुहुन्छ ।
संविधान निर्माण सुनिश्चित भएपछि मात्र राष्ट्रिय सहमतीको सरकारमाथिको छलफल सुरु गर्ने सहमती अनुसार दलहरुले संविधानका विवादित अन्तरबस्तुमा सहमतिको प्रयास थालेका हुन् ।
यसअघि हिजो बसेको प्रमुख दलहरुको बैठकले सरकार र संविधान निर्माणबारे संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग समेत छलफल गर्ने सहमति जुटेको थियो । अहिले सहमति जुटाएर फाष्ट ट्रयाकबाट संविधान जारी गर्ने त्यसपछि मात्र भुकम्पले ल्याएको संकट सामना गर्न बलियो राष्ट्रिय सरकार गठन गर्ने नेताहरुको भनाइ छ ।