बिपक्षी मोर्चाको बैठक बस्दै
काठमाडौं, १८ जेठ ।
संविधान निर्माण तथा भुकम्पछिको पूननिर्माणका विषयमा छलफल गर्न विपक्षी तीस दलीय मोर्चाको बैठक पनि आज बस्दैछ । अपरान्ह तीन बजेपछि बस्ने बैठकमा राज्य पुनसंरचना लगायत संबिधानको अन्तरबस्तुमा ३० दलीय मोर्चाको धारणा तय गर्न बैठक बस्न लागेको हो । मोर्चाका प्रबक्ता प्रेम बहादुर सिंहले भुकम्पपछिको पूननिर्माण प्रकृयामा सबैलाइ समेटेर अघि बढ्ने अवधारणामा पनि आजको बैठकमा छलफल हुने जानकारी दिनुभयो ।
यसअघि हिजोको बैठकमा मधेसबादी दलहरुले राज्य पुनसंरचना लगायत संबिधानसभाको अन्तरबस्तुमा ३० दलीय मोर्चाको अडान छोडेर सत्तापक्षीय दलहरुसँग सहमति नगर्न एमाओवादीको ध्यानाकर्षण गराएका थिए ।