पेस्तोल हानेर आत्महत्या
मनोहरकुमार, राजविराज ।
सप्तरीको पोर्ताहाका एक पूर्व प्रहरीले कटुवा पेस्तोलले बायाँ कन्चटमा गोली हानी गएराती आत्महत्या गरेका छन् । पोर्ताहा–५ का ३५ वर्षीय अनीलकुमार खिडहरी यादवले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
खाना खान बोलाउन गएकी उनकी आमाले घटनाबारे थाहा पाएर छिमेकीलाई खवर गरेकी थिईन् । यादव माओवादी द्वन्द्वकालमा स्वेच्छिक राजिनामा दिएर घरमै बस्दै आएका थिए ।