Live Streaming

अवैध चाँदी सहित भारतीय तस्कर पक्राउ

क्रान्ति साह, वीरगञ्ज ।
प्रहरीले वीरगन्जबाट ठूलो परिमाणमा अवैध चाँदी सहित एक जना भारतीय युवकलाइ पक्राउ गरेको छ । विहार पुर्वी चम्पारण मोतिहारी जिल्ला हरपुर गाउँका  २१ वर्षिय सन्तोष कुमार साहलाई प्रहरीले १० केजी चाँदी सहित पक्राउ गरेको हो ।

प्रहरी टोलीले साहलाइ नेपाल भारतको दशगजा क्षेत्रस्थित शंकराचार्य गेट नजिकैबाट गएराती नियन्त्रणमा लिएको हो । साइकलमा चाँदी लिएर भारतको रक्सौल तर्फ गइरहेका साहको शरिर खानतालाशी गर्दा १० केजी चाँदी बरामद भएको प्रहरी नायव उपरिक्षक वीरबहादुर ओलीले बताए ।