न्युजिल्याण्डको गतिलो जवाफ
जेठ १८, एजेन्सी ।
ईङ्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट क्रिकेटमा न्युजिल्याण्ड बलियोस्थितिमा पुगेको छ । तेस्रो दिनको खेलको समाप्तिमा घरेलु टोली न्युजिल्याण्डले ६ विकेटको क्षतिमा ३ सय ३८ रन जोडेको छ । पहिलो ईनिङ्गस्मा भने दुवै टोली समान ३ सय ५० रनमा समेटिएका थिए ।
२३ रनमा दुई विकेट गुमाएको किविज टोलीको ईनिङ्गस् उकास्न बीजी वाट्लीङ्गले नटआउट सतकीय पारी खेले । यस्तै मार्टिन गुप्टिलले ७०, ब्रेण्डोन म्याकुलुमले ५५ र रोस टेलरले ४८ रन जोडे । मार्क उडले ३ र स्टुवार्ड ब्रोडले २ विकेट लिएका छन् ।
यसअघि ५ विकेटको क्षतिमा २ सय ५३ रनबाट तेस्रो दिनको खेल थालेको ईङ्ल्याण्ड थप ९७ रन जोड्दलै ३ सय ५० रनमा समेटिएको थियो ।
२ म्याचको सिरिजमा ईङ्ल्याण्ड १–० ले अघि छ ।