Live Streaming

​संविधानसभाको बैठक स्थगित


काठमाडौं, १७ जेठ । आजका लागि बोलाइएको संविधानसभाको बैठक स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक संविधानसभाका सदस्यहरु अहिले पनि भुकम्प प्रभावितहरुको राहत तथा पुनस्र्थापनामा केन्द्रीत रहेकाले स्थगित गर्नुपरेको संसद सचिवालयले जनाएको छ । बैठक अब जेठ २१ गते बस्नेछ । 
स्रोतका अनुसार संविधान निर्माणका विषयमा दलहरुबीच छलफल जारी रहेकोले सहमतिका लागि थप मौका दिदै संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पाँच दिन बैठक स्थगित गर्नुभएको हो ।  
बालुवाटारमा बिहान बसेको मुख्य दलका शीर्ष नेताहरुको बैठकमा संविधान निर्माणका विवादित विषयलाई सहमतिमा छिटै टुंगो लगाउन सकारात्मक भएसँगै संविधानसभा बैठक स्थगित गर्न दलहरुले संविधानसभा अध्यक्षलाई आग्रह गरेका थिए ।

दलहरुले संविधानसभाको बैठक स्थगित गरेर सहमतिका लागि केही दिन मौका दिन संविधानसभा अध्यक्ष नेम्वाङलाई अनुरोध गरेका थिए । संविधान लेखनका विषयमा दलहरुबीच सहमति नहुँदा संविधानसभाको बैठक निरन्तर स्थगित हुँदै आएको छ ।