रुसको कडा कदम
जेठ १७, एजेन्सी ।
रुसले ८९ युरोपियन राष्ट्रका नेता तथा सैन्य प्रमुखलाई आफ्नो मुलुक प्रबेशमा रोक लगाएको छ । उसले सुचीनै तयार पारेर बिभिन्न राष्ट्रका प्रमुख तथा अन्य नेतामाथि प्रतिबन्धको घोषणा गरेको हो । प्रतिबन्धको युरोपियन संघ लगायतका बिभिन्न राष्ट्रहरुले भत्र्सना गरेका छन् । युरोपियन संघले रुस माथि लगाएको आर्थिक नाकाबन्दी पछि रुसले पनि आफ्ना आलोचक नेता तथा सैन्य नेतृत्बमाथि प्रतिबन्धको घोषणा गरेको हो । युरोपियन संघले रुसको सो कदम मनोमानी हुनुका साथै अनुचित भएको भन्दै तत्काल त्यसको खारेजीको माग गरेको छ ।
युक्रेनको क्राईमिया क्षेत्र रुसले आफ्नो कब्जामा लिएपछि त्यसको बिरोधमा युरोपियन संघ तथा केही पश्चिमा राष्ट्रहरुले रुस माथि बिभिन्न प्रतिबन्ध लगाएपछि रुसले पनि त्यसको जवाफमा यस्तो कदम चालेको रुसि अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।