Live Streaming

संविधान र सरकार निर्माण भोली टुङ्गो लगाउने दलहरुको तयारी

प्रकाश आस्था, काठमाडौं ।

चार दलका शीर्षनेताहरुले संविधानका विवादित अन्र्तवस्तु र राष्टिय सरकारको विषयमा भोलिसम्म टुंगो लगाउने बताएका छन् । भोली चार दलका चार प्रमुख नेतावीच बस्ने बैठकले सो विषयमा निर्णय गर्ने बताइएको छ ।  आज विहान बसको शिर्ष नेताहरुको बैठकले संविधानका विवादित विषयहरुको टुंगो लगाउँदै सहमतिय सरकारको मोडालिटी तयार पार्ने जिम्मा शिर्ष नेताहरुलाई दिएको हो ।

बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष पुष्पकमल दहालले आजको छलफल सकारात्मक रहेको र संविधानका विवाद टुंग्याएर नवनिर्माण तथा पुर्न्निर्माणका लागि छिटै सहमतिको बलियो सरकार बनाउने विषयमा दलहरु तयार देखिएको बताए ।
 
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरु सहमतिको नजिक पुगेको बताउँदै पहिलो प्राथमिकता संविधान निर्माण हुनुपर्ने तर्क गर्नुभयो ।  एमाले उपाध्यक्ष भीव रावलले संविधानमा सहमति कायम गरेर सहमतिको सरकार बनाउन सबै सकारात्मक देखिएको बताउनुभयो ।  

बैठकमा प्रधानमन्त्री सुशील कोईराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, मधेशी मोर्चाका संयोजक समेत रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहितका नेताहरुको उपस्थिति थियो । भोली शीर्ष चार नेताबीच संविधानका विवादित अन्तरबस्तुमा गंभिर छलफल गर्ने निर्णय समेत दलहरुले गरेका छन् ।

राष्ट्रिय बिपत ब्यवस्थापन र संविधान निर्माणलाई निश्कर्षमा पु¥याउन राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको भन्दै दलहरुले छलफल तिब्र पारेका हुन् । यद्यपी सत्ताको नेतृत्वकर्ता दल नेपाली कँग्रेसले भने सरकार परिवर्तन भन्दा भुकम्पबाट ध्वस्त भौतिक संरचना र संविधान निर्माणलाई प्राथमिकता दिनु पर्ने निर्णय गरेको छ ।