मैदान नभएपछि नेपाली टोली भारत जाँदै
काठमाडौं, १७ जेठ ।
आयरल्यान्ड र स्कटल्यान्डमा हुने आइसिसी ट्वान्टी–२० बिश्बकप छनोट खेलको बन्द प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज भारतको हिमाञ्चल जादैछ । भुकम्पका कारण नेपाली मैदान खेल्नयोग्य नभएपछि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि भारतको धर्मशाला क्रिकेट मैदान प्रस्थान गर्न लागेको हो ।
आगामी जुलाई ९ देखि २६ सम्म आयरल्यान्ड र स्कटल्यान्डमा हुने विश्व ट्वान्टी–२० छनोटमा सहभागी हुने नेपाली टोली छोटो प्रशिक्षण पछि त्यस तर्फ लाग्नेछ । त्यतै नेपालले लिस्ट ‘ए” आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको दुई खेल जुलाई २९ र ३१ मा स्कटल्यान्ड विरुद्ध खेल्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानले छनोट खेल र च्याम्पियनसिपका लागि २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनौट गरेको छ ।