प्रमुख दलहरुको बैठक जारी
काठमाडौं, १७ जेठ ।
राष्ट्रिय सहमतीको सरकार गठन तथा संविधान निर्माण लगायत बिषयमा थप छलफल गर्न प्रमुख दलहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा कँग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी मोर्चाका शीर्ष नेताहरुको उपस्थिति छ । करिब साढे एक घण्टायता जारी बैठकमा राष्ट्रिय सहमतीय सरकार गठन र संविधान निर्माणमा दलहरुले आ–आफ्नो धारणा राखिरहेको वालुवाटार स्रोतले जनाएको छ ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित हुन नसकेपछि हिजो साँझ बोलाएको बैठक आजका लागि सारिएको हो । राष्ट्रिय बिपत ब्यवस्थापन र संविधान निर्माणलाई निश्कर्षमा पु¥याउन राष्ट्रिय सहमतीको सरकार आवश्यक रहेको भन्दै दलहरुले छलफल तिब्र पारेका हुन् । यद्यपी सत्ताको नेतृत्वकर्ता दल नेपाली कँग्रेसले भने सरकार परिवर्तन भन्दा भुकम्पबाट ध्वस्त भौतिक संरचना र संविधान निर्माणलाई प्राथमिकता दिनु पर्ने निर्णय गरेको छ ।