सवारी दुर्घटनामा तीनको मृत्यु
वीरगञ्ज, १७ जेठ ।
मालवाहक ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदाँ रौतहटको चन्द्रपुरमा तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् । वीरगञ्जबाट नवजात शिशु र सुत्केरी लिएर सुखअवा धमौरा आउदै गरेको एम्बुलेन्सलाई ना २ ख ९८९८ नम्बरको ट्रकले गौर–चन्द्रनिगाहापुर सडक खण्ड अन्तरगा चन्द्रपुर नगरपालिका १३ मा ठक्कर दिएको थियो ।
दुर्घटनामा एम्बुलेन्स चालक सुरेश बिक तथा सुत्केरी हमिबुल खान र उनका नवजात शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । चालक बिकको घटनास्थलमा र अन्यको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा गंभिर घाईते अन्य दुई जनाको वीरगञ्जमा उपचार भईरहेको हाम्रा सहकर्मीले जानएका छन् । दुर्घटना लगत्तै फरार ट्रक चालकको खोजी भईरहेको प्रहरीले जानएको छ ।