फ्रेन्च ओपनमा नाम चलेका खेलाडिको दवदवा
जेठ १७, एजेन्सी ।
फ्रेन्च ओपन टेनिसको गएरातीको खेलमा विजयी हुदै बरियाता प्राप्त खेलाडिहरु प्रिक्वाटर फाईनलमा प्रवेश गरेका छन् । शीर्ष बरियाताका नाभाक जोकोभिच र सेरेना विलिएम्स तथा एण्डी मुरे, राफेल नाडाल, डेभिड फेरर, प्रेट्रा भिटोभा, डेभिड गोफिन, रिचार्ड गास्क्वेट लगायत बरियाता प्राप्त खेलाडिहरु आ–आफ्नो खेल जित्दै चौथो चरणमा स्थान बनाउन सफल भएका हुन् ।
पुरुष तर्फ शीर्ष बरियाताका सर्बियन जोकोभिचले अष्ट्रेलियाका थानासी कोकिनाकिसलाई, तेस्रो बरियाताका बेलायती मुरेले अष्ट्रेलियाकै निक किर्गियोसलाई, छैठौ बरियाताका स्पेनी नाडालले रसियाका एण्ड्री कुज्नेत्सोभलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
महिला तर्फ शीर्ष बरियाताकी अमेरिकी सेरेनाले २७ औं बरियाताकी भिक्टोरिया अजेरेन्कालाई, चौथो बरियाताकी भिटोभाले रोमानियाकी ईरिना कामेलिया बेगुलाई पराजित गर्दै चौथो चरणमा प्रवेश गरका हुन् ।