हबाई आक्रमणमा सिरियामा ७२ जनाको मृत्यु
जेठ १७, एजेन्सी ।
सिरियाको एलेप्पो प्रान्तमा सरकारी सेनाले गरेको हबाई आक्रमणमा कम्तीमा ७२ जनाको मृत्यु भएको छ । ईस्लामिक स्टेट बिरुद्ध कडा रुपमा प्रस्तुत भएको सरकारले हेलिकोप्टर मार्फत बैरल आक्रमण गरेको थियो ।
आक्रमणबाट अल बाब ईलाकामा ६० र अन्य ईलाकाहरुमा दर्जनभन्दा बढिको मृत्युभएको बेलायतको एक मानब अधिकारबादि संस्थाले दाबि गरेको छ । सो संस्थाका अनुसार सिरिया सरकारले आतंकबाद बिरुद्धको यो नै सबैभन्दा ठुलो आक्रमण गरेको हो । ईस्लामिक स्टेट आईएसले ऐतिहासिक पाल्माईरा शहर कब्जामा लिएसंगै सिरिया सरकार उ बिरुद्ध कडा रुपमा प्रस्तुत भएको हो ।