Live Streaming

बिबिएसका बिद्यार्थीले सुरु गरे ब्यबसायीक बाख्रापालन

प्रेमनारायण आचार्य,  अर्घाखाँची । 

गरे के हुदैन परिश्रम गरे आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने सोचाइका साथ अर्घाखाँचीको पणेना गाविसमा बिबिएसमा अध्यनरत चार बिद्यार्थी मिलेर ब्यबसायीक बाख्रापालन सुरु गरेका छन । उमेरले भर्खर २० को हाराहारी भएका बिबिएसमा  पढ्ने बद्यार्थी , खाने हिड्ने र डुल्ने समुहका मानिन्छन । तर ति बिद्यार्थीहरुले  ब्यबसायीक रुपमा बाख्रापालन सुरु गरेर अरुहरुको उदाहरणको पात्र समेत बन्न सफल भएका छन ।  

  मानिसले पढेर जागिर मात्र खानुपर्छ आफ्नो गाँउमा काम गर्नु हुदैन भन्ने परम्परागत सोचाईलाई अन्त्य गर्दै भैरब नबदिप उमाबी पाल्पाको छहरामा बिबिएसमा अध्यनरत बिद्यार्थीहरु मिलेर  पाल्पाको छहरा ७ दागली खोलामा बाख्रापालन ब्यबसाय सुरु गरेका  हुन ।

    पणेना गाविस वाड न. ९ का बिबिएसमा पढ्ने  सागर पोख्रेल, गोपाल पोख्रेल, हरि पोख्रेल र भरत पोख्रेल चार जनाले समाजमा केहि गरेर समाजलाई परिबर्तन गर्नु पर्छ भनेर सोच बनाएर  पाणिनि बाख्रा फर्म नामक फर्म दर्ता गरेर बाख्रा पालन ब्यबसाय सुरु गरेको फार्मका संरक्षक संकर पोख्रेलले बताएका छन ।  

   गएको असोजमा चार जनाले चार लाखका दरले लगानी गरेर खोलिएको बाख्रा फार्ममा अहिले एक सय लोक्कल जातका बाख्रा रहेका छन । बिहानमा क्याम्पस पढ्ने र दिनभर बाख्रा चराउने र घास काट्ने युबाहरुको अहिले दैनिकी जस्तै बनेको छ ।
   अर्घाखाची जिल्ला अथाह वनसम्पदा भएको र वनमा पोषीलो घाँस तथा बाख्रापालका लागी उपयुक्त भु–बनोट र हावापानी भएको जिल्ला मानिन्छ । स्थानीय जातका लोक्कल जातका एक सय बाख्रा पालेका युबाहरुले बोका भने बाहिरबाट उन्नत जातको बोका किनेर र्फाममा राखेका छन  । अबको एक दुइ महिनामा बोका पाठा समेत बिक्रीकालागि तयार हुने उनीहरु बताउन्छन ।

   पढेर कुनै रोजागारी पाइएन भनेर बिदेस जाने युबाहरुको लागि चुनौतीको रुपमा देखा परेका यि बिद्यार्थीहरु पढ्दै काम गर्दै गर्न पनि सकिन्छ भनेर पनि देखाएको पणेनाका स्थानीय मदन पोख्रेलको भनाइ छ ।

तस्बीरमा अर्घाखाँचीको पणेना गाविसका  बिबिएसमा अध्यनरत बिद्यार्थीहरुले  ब्यबसायीक रुपमा पालेको बाख्रापालन फार्म र फार्मका बाख्राहरु ।