राष्ट्रिय सरकार आवश्यक : देउवा
सिन्धुली , १५ जेठ । कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवाले भूकम्पबाट भएको विपत्तिको सामना गर्न राष्ट्रिय सरकार आवश्यक रहेको बताउनुभएको छ । यद्यपी उहाँले अब बन्ने राष्ट्रिय सहमतिको सरकारमा प्रधानमन्त्रीका लागि दाबी नगर्ने संकेत गर्नुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रको अनुगमनका क्रममा सिन्धुली पुगेका नेता देउवाले पत्रकारहरुसमक्ष राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको बताए पनि प्रधानमन्त्री को हुने भन्ने विषय आपसी छलफलबाट टुंगो लगाउनुपर्ने बताउनुभयो । संविधान निर्माणमा पनि भूकम्पले खास असर नगर्ने भन्दै नेता देउवाले एकदुई महिनामै संविधान जारी हुने दाबी गर्नुभयो ।