Live Streaming

संविधान निर्माण पहिलो प्राथमिकता : कांग्रेस

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले संविधान निर्माणलाइ मुख्य प्राथमिकतामा राखेर जत्तिसक्दो छिटो संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान जारी नभए सम्म सुशील कोईराला नेतृत्वको सरकारलाई नै निरन्तरता दिनु पर्ने निष्कर्ष निकालेको हो ।

भूकम्पछिको विपद व्यवस्थापनसंगै संविधान निर्माण प्रक्रियालाई पनि एकसाथ अघि बढाउनुपर्ने काग्रेसको भनाई छ । प्रदेश निर्धारणका विषयमा ६ देखि ८ प्रदेशमा सहमतिको लागि छलफल गर्न सकिने काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।