Live Streaming

थप टोली परिचालन हुदै

काठमाडौं, १४ जेठ ।
भुकम्पपछिको राहत पुर्ननिर्माण र पुनस्थापनाबारे अनुगमन गर्न संसदको राष्ट्रिय विपत ब्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले आज थप टोली परिचालन गर्दैछ । बढी प्रभावित बिभिन्न १४ जिल्लामा खटिएका उपसमितिहरुले आ–आफनो प्रतिवेदन बुझाईसकेपछि बिशेष समितिले प्रभावित थप जिल्लामा टोली परिचालन गर्ने निर्णय गरेको हो ।

अस्ति मंगलवार बसेको समितिको बैठकको निर्णय अनुसार, सोलुखुम्बु, तनँहु, लमजुङ्ग, पर्वत र स्याङ्जामा थप टोली परिचान हुन लागेको हो । टोलीमा संसदीय सचिवालयका एक कर्मचारी र ४–४ जना सांसद सहभागी हुनेछन् । प्रभावित क्षेत्रहरुमा आगामी १८ गते सम्म अनुगमन गरेपछि उपसमितिले आफ्नो प्रतिवेदन बिशेष समितिमा बुझाउनेछ ।