साढे २ घण्टामा ४ वटा पराकम्प
काठमाडौं, १४ जेठ ।
बैशाख १२ र २९ गतेको विनासकारी भुकम्पपछि पराकम्पन जानेक्रम अझै रोकिएन । आज मात्रै चार वटा पराकम्प गइसकेका छन् । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार विहान तीन बजेदेखि साढे पाँंच बजेसम्ममा चार पटक पराकम्प गएका हुन् । केन्द्रका अनुसार बिहान पाँंच बजेर २९ मिनेट जाँंदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमलव २ म्याग्निच्युडको पराकम्पन गएको छ ।
यसअघि ५ बजेर १२ मिनट जाँंदा काठमाडौं केन्द्र बिन्दु भएको ४ म्याग्निच्युडको, ३ बजेर ४० मिनेट जाँंदा गोरखा÷धादिङ केन्द्र बिन्दु भएको ४ म्याग्निच्युडको, ३ बजेर ७ मिनट जाँंदा गोरखा÷धादिङ नै केन्द्र बिन्दु भएको ४ म्याग्निच्युडकै पराकम्पन गएका थिए । हिजो पनि चार पराकम्पन गएका थिए । ठुलो भूकम्प पछि लामो समयसम्म यस्ता धक्काहरु निरन्तर रुपमा गइरहने भन्दै भूकम्प मापन केन्द्रले सतर्क रहदै आतंकित नबन्न सबैलाई अनुरोध गरेको छ । विज्ञहरुले त्रासमा बस्न नहुने र ठूलो पराकम्पनको सम्भावना नरहेको बताउँंदै आएका छन् ।
यसैबीच प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पमा परी ८ हजार ६ सय ७७ मृत्यु भएको छ भने २१ हजार ९ सय ६६ जना घाइते भएका छन् । यस्तै १ सय ९९ नेपाली नागरिक र ८० जना विदेशी नागरिक बेपत्ता छन् ।