मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं, १४ जेठ ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्र्रधानमन्त्री निवास बालुवाटारमा साँढे १० बजे बस्ने बैठकमा भूकम्प पीडितलाई दिने क्षतिपूर्ति रकम बढाउनेलगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । सरकारले पीडितलाई अस्थायी बास निर्माणका लागि तत्काल १५ हजार दिने निर्णय गरिसके पनि संसदीय समितिले तत्कालका लागि कम्तीमा ५० हजार दिन निर्देशन दिएपछि मन्त्रिपरिषदमा यो विषयमा छलफल हुन लागेको हो ।
यसअघि भूकम्पपीडितलाई राहत दिने विषयमा अर्थमन्त्री रामशरण महत र अरु मन्त्रीबीच चर्काचर्की हुँदा सोमबार बसेको बैठक बिनानिर्णय टुंगिएको थियो । राहतका विषयमै मन्त्रीहरुबीच चार घन्टासम्म चर्काचर्की भएपछि सरकारले आन्तरिक रुपमा गृहकार्य गरिरहेको उद्दार, राहत तथा पुनस्र्थापनासम्बन्धी अध्यादेशमाथि छलफलसम्म हुन सकेको छैन ।स्रोतले बताउँदै अर्को बैठकले निर्णय गर्ने बताएको थियो ।