शरणार्थीहरुलाई शरण दिन ईयुद्धारा सदस्य राष्ट्रहरुलाई आग्रह
जेठ १४, एजेन्सी ।
युरोपियन युनियन ईयुले मध्यपुर्बका ४० हजार शरणार्थीहरुलाई शरण दिन आफ्ना सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ । आतंकबादका कारण देश छाडेर २ बर्ष देखि ईटाली र ग्रीसमा बस्दै आएका ती शरणार्थीलाई बसोबासको उचित ब्यबस्था मिलाउन आफ्ना सदस्य राष्ट्रहरुलाई आग्रह गरेको हो ।
ईयुको आग्रहलाई जर्मनी, फ्रान्स, स्पेन लगायत अधिकांश सदस्य राष्ट्रहरुले स्वागत गरिसकेका छन् । मध्यपुर्बमा पछिल्ला केहि बर्षयता भएका आन्तरिक द्धन्दका कारण लाखौ सर्बसाधारण बिभिन्न मुलुकमा शरणर्थी जीवन बिताईरहेका छन् । ईयुले सिरियाबाट शरणार्थी बनेका ४० हजार शरणर्थीहरुका लागि पछिल्लो प्रस्ताब गरेको बीबीसीले जनाएको छ ।