हमास समुहद्धारा मानबअधिकारको गम्भीर उल्लघन : एम्नेष्टि ईन्टरनेशनल
जेठ १४, एजेन्सी ।
विवादस्पद गाँजापट्टी क्षेत्रमा हमास समुहले मानबअधिकारको गम्भीर उल्लघन गरेको एम्नेष्टि ईन्टरनेशनलले जनाएको छ । हमासले सन २०१४ मा हत्या, अपहरण लगायतका जघन्य आपराधिक घटना गराएको एम्नेष्टिको प्रतिबेदनमा उल्लेख छ ।
ईजरायल तथा प्लालेष्टाईनबीच लामो समयदेखि सो क्षेत्रको स्वामित्बलाई लिएर बिबाद हुदै आएको छ । गत बर्ष ईजरायली सेना र हमास समुह बीच ५० दिनसम्म चलेको संर्घषका क्रममा सो समुहले गम्भीर मानबअधिकार उल्लघन गरेको एम्नेष्टिको ठहर छ । ईजरायल र हमास बीचको लडाईका क्रममा गत बर्ष २ हजार १ सय ८९ को मृत्यु भएको थियो । ति मध्ये १ हजार ४ सय ८६ सर्बसाधारण रहेको एम्नेष्टिले जनाएको छ ।