भारतमा मृत्यु हुनेको संख्या १ हजार १ सय नाध्यो
जेठ १३, एजेन्सी ।
भारतमा अत्याधिक गर्मीका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय १८ पुगेको छ । आन्द्र प्रदेशमा ८ सय ५२ र तेलङगनामा २ सय ६६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार मात्तयमहरुले जनाएका छन् । गत साताबाट बढेको तापमानका कारण भारतको दक्षिणी क्षेत्रको जनजीबन अस्तब्यस्त बनेको छ । ४८ डिग्री सेल्सियससम्म पुगेको तापक्रम अहिले केही घटेपनि प्रभावित हुनेहरुको संख्यामा भने कमी आउन सकेको छैन ।
हाल आन्द्र प्रदेशको तापक्रम ४५ डिग्रिसेल्सियससम्म पुगेकोछ । तापमान बृद्धि भएसंगै सो ईलाकामा बिद्युत सेबा २४ सै घण्टा उपलब्ध गराईएको छ । भारतका बिभिन्न क्षेत्रमा बढेको तापक्रमका कारण नेपालको तराई क्षेत्र समेत प्रभावित बनेको छ ।